२०८३ बैशाख १७, बिहिबार
 

काठमाडौं महानगरका मेयर र उपमेयरको शपथ आज

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए ।

त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।

त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने सूचना अधिकारी आचार्यले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने