

काठमाडौं – आइतबार बिहानबाट सम्पर्कविहीन भएको तारा एयरको जहाज पुन आजबाट खोज्न थालिएको छ । तारा एयरका अनुसार सम्भावित क्षेत्रतिर आज बिहानै बाट खोजी थालिएको हो ।
आइतबार बिहानै सम्पर्कविहीन भएपश्चात नै ताराको विमान खोजि गर्न थालिएको थियो । तर उक्त विमान फेला पार्न सकिएको छैन ।
आइतबार नेपाली सेनाको हेलिकप्टरसहित विभिन्न तवर र तरिकाले जहानजको खोजी गरिएको थियो । यद्यपि कतै भेटिएको छैन ।
मौसम प्रतिकुल बनेकाले उक्त जहान खोजी गर्न परिचालन भएको टोलीले साँझपछि स्थगित गर्नुपरेको थियो ।
जहान मनाङको लेते, टिटीजस्ता विभिन्न क्षेत्रमा दुर्घटनामा परेको अनुमान गरिएको छ । मनाङका स्थानीयहरुले पनि शंका गरेका स्थनातिर सेनाको हेलिकप्टर जान नसकेको बताइएको छ ।

