२०८३ बैशाख १७, बिहिबार
 

भरतपुर महानगर : मत गणना बाँकी रहँदै मेयरमा रेणु दाहाल विजयी

prabhu bank home loan

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको मतगणना जारी रहेको छ । तर, मतगणना नसकिँदै पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । अब, मत गणना गर्न बाँकी ११ हजार १७३ रहेको छ । तर, उक्त मत गणनाभन्दा पनि रेणुको मतान्तर बढी रहेको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

उपमेयरतर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न जारी रहँदै विजयी भइसकेका छन् । उनले ४७,९५८ मत पाउदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । हिमला अधिकारी भन्दा २० हजारभन्दा बढी मतले पछि छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने