

धादिङ – धादिङको धुनिवेंशी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्यले जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डे २१ सय १४ मतान्तरले पराजित भएका छन् । आचार्यले ८ हजार ७०६ मत पाउँदा पाण्डेले ६ हजार ५९२ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् । उप्रेतीले ८ हजार ३८७ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाएकी छिन् ।

