२०८३ भदौ २१, आइतवार
 

काठमाडौंमा बैशाख २७ गतेदेखि मदिरा बिक्री वितरणमा राेक

prabhu bank home loan

काठमाडाैं – आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ ।

 

जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ ।

 

वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो।

 

निर्वाचन सुरक्षा ९व्यवस्था० निर्देशिका २०७८ को परिच्छेद ६ (थ) बमोजिम यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो।

 

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको बताउनुहुँदै प्रजिअ गौतमले निर्णयविपरीत कसैले काम गरेको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनी दिनुभयो। यो निर्णयअघि मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गौतमसहितको उपस्थितिमा राजविराजमा सर्वदलीय बैठक सम्पन्न भएको थियो।

 

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावना भएकाले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्णप्रतिबन्ध लगाइएको हो। जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरिएको छ।

 

अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्न पनि बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाइएको छ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने