२०८३ बैशाख १७, बिहिबार
 

एमालेको गठबन्धन प्रतिगामी, हाम्रो गठबन्धन प्रगतिशील : रामचन्द्र पौडेल

prabhu bank home loan

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा होमिन नेकपा एमालेले बनाएको गठबन्धन प्रतिगामी भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय संयुक्त चुनावी सभामा मन्तव्य राख्नेक्रममा पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमालेले बनाएको गठबन्धन प्रतिगामी भएको पौडेलले बताए ।

 

‘यो गठबन्धनको खिलापमा केपी ओलीले पनि गठबन्धन गर्नुभएको छ। क–कसलाई लिएर गठबन्धन गर्नुभएको छ अनुहार हेर्नुस् । त्यो प्रतिगामीहरूको गठबन्धन हो। हाम्रो गठबन्धन प्रगतिशीलको हो, राजनीतिलाई स्थिरता दिन हो।’

 

पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । नेता पौडेलले यसतर्फ इंगित गर्दै एमालेको गठबन्धन प्रतिगामी तर पाँच दलीय गठबन्धन प्रगतिशील भएको बताए ।

 

नेता पौडेलले नेपालमा राजनीति स्थिरता नहुँदा विकास नभएको पनि बताएका छन्। उनले भने, ‘अरूलाई दोष दिएर के गर्ने, हामीले स्थिरताको क्षमता देखाउन सकेनौं ।’

 

यसैगरी ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल पनि भइरहेको नेता पौडेलको भनाइ थियो । ‘ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर बनाउने खेल भइरहेको छ । हामी हँसिया हतौडामा भोट हाल्दैनौं, रूखमा हाल्दैनौं भनेर यहीँभित्रबाट उक्साउने काम भइरहेको छ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने