

काठमाडौं – सुनको मूल्य सोमबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय मा झरेको छ ।आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यमासमेत केही गिरावट आएको छ ।
चाँदीको मूल्य सोमबार प्रतितोला १२९० मा कारोबार भइरहेको छ । यस्तो मूल्य आइतबार १३०० रुपैयाँ प्रतितोला रहेको थियो ।

