२०८३ बैशाख १७, बिहिबार
 

२९औँ प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

prabhu bank home loan

काठमाडाैं –  सरकारले धिरज प्रताप सिंहलाई २९औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको मन्धिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदै हुनुहुनछ । उहाँ २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएकाे थियाे ।

नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए ।

२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने