२०८३ बैशाख १७, बिहिबार
 

पाँच दलको बैठक : सहमतिबाहिरको तालमेल खारेज गर्ने, बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने

prabhu bank home loan

काठमाडौं – पाँच दलीय गठबन्धनको बैठकले अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादर देउवा अध्यक्षतामा बसेको बैठकले सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेका हुन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनबीच यस अघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिकार ११ उपमहानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा भएको सहमति बिपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने ।’

गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय समेत भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने