२०८३ असार ७, आइतवार
 

आज बैशाख ९ गते शुक्रवारको दैनिक राशिफल

prabhu bank home loan

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रमहरूमा सहभागी भइनेछ ।प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन अल्छिपनाले सताउने छ। कुनै पनि काम गर्दा सोेचेर गर्दा फाइदा हुनेछ।नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।

मीथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभकार्यको चर्चा चल्नेछ। टाढिएका साथीभाइ र आफन्तसँग भेटघाट हुनेछ।भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथिभाइ र आफन्तहरुबाट साथ र सहयोग मिल्नेछ।व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक जमघटमा सहभागी हुने समय रहेको छ। कार्यमा सफलता मिल्नेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामको प्रस्ताव आउनेछ।मिहिनेतले आंशिक फाइदा दिलाउनेछ। समयमा निर्णय लिन नसक्दा पछि परिएला। साथिभाई र आफन्तसँग भेटघाट गर्ने अवसर मिल्नेछ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचेको काम बन्नेछ। समाजसेवामा मन जानेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।  चुनौती पन्छाएर  नयाँ काम गर्ने मौका मिल्नेछ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रेममा आत्मियता बढ्नेछ। वैदेशिक रोजगारमा जाने अवसर प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले काममा उत्साह जगाउनेछ

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विशेष व्यक्तिबाट उपहार पाउन सकिने छ। धन खर्च हुनेछ।काममा नयाँ अवसर पाइनेछ।  व्यापार–व्यवसायमा मनग्य फाइदा हुनेछ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्च बढ्नेछ। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य काम गरि लोकप्रियता कमाउने समय रहेको देखिन्छ। नयाँ कामको प्रस्ताव आउनेछ। धर्म कर्ममा मन जानेछ।

मिन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने