

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले आजदेखि देशभर कृषि गणना शुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा शुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।
तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपंक्षीको तथ्यांक , बाली , माछा , पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुने छ । कृषि गणनामा कृषकहरुलाई २४ प्रश्न सोधिने छ । कृषि गणनाका लागि ५ हजार २०० गणक र १ हजार ३०० सुपरीवेक्षक आ – आफ्नो कार्यस्थलमा पुगिसकेको छ। यसअघि वि.सं. २०६८ मा कृषि गणना भएको थियो ।

