

काठमाडौं – नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।
तर चुनावी गठबन्धन भने एक वर्ष पछि लागु हुने गरि गरिएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सम्झौता आज भएको भए पनि मिति भने एक वर्ष पछिको राखिएको छ ।


