

काठमाडौं – हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

