२०८३ असार ६, शनिबार
 

बिदेसिनेको कथा: जो देशमै केही गर्ने सोच हुँदाहुँदै बिदेसिए

prabhu bank home loan

देशको असमान राजनीतिक अवस्था र बेरोजगारीका कारण देशका कयौ युवाहरु बिदेसिरहेका छन् | बिदेसिने यो क्रम दिन दुइ गुना रात चौगुना भैरहेको छ | देशमा केहि गर्ने सोच हुँदाहुँदै देशको अवस्थाले गर्दा नै विदेश जान लागेको युवाहरुले एयरपोर्टमा बताइरहेका छन् |


गोरखा घर भएका रामजी लामिछानेले युवाहरु मिलेर देशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर बैकल्पिक मेनपावर भन्ने संथा र पार्टी प्यालेस खोलेर अरुलाइ रोजगारी दिने काम गर्दथे। त्यहि समयमा भुँइचालो गएर व्वसायलाइ असर गर्यो। असर परेको व्यवसायलाइ राज्यबाट सहयोग भएन।उनले देशमा काम गर्ने माहोल नै देखेनन् र ७ बर्ष अघि चिलि गए।

७ वर्षको विदेश बसाइपछि देशमै केहि गर्नुपर्छ भनेर स्वदेश फर्किएका लामिछानेले देशको माहोल परिवर्तन नभएको पाए। देशमा आफ्नै काम गर्नको लागि पनि अरुलाइ पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य नभएको पाए। अहिलेको अवस्थामा देशमा भन्दा विदेशमानै आफ्नो काम राम्रो हुने देखेपछि फेरी विदेशीएका छन्।


उनको अझैपनि देशमा केहि गर्ने सोच छ। देशको अवस्था परिवर्तन भएर काम गर्ने सहज वातावरण भएमा चाँडैनै स्वदेश फर्किएर काम गरि अरुलाइ पनि रोजगारी दिने उद्देश्य रहेको छ।
रामजी मात्र होइन देशका सयौँ युवाहरु देशमा केहि गर्ने सोच हुँदाहुँदै पनि देशको राजनैतिक, आर्थिक र सुरक्षित वातावरण नभएका कारण विदेशिन बाध्य भएका छन्।


भोलिका देशका कर्णधार र बौद्धिक क्षमता भएका यी युवाहरु यसरि नै बिदेसिने र बिदेशप्रतिको मोहमा फस्ने हो भने भोलिको नेपाल अझै जटिल अवस्थामा नपुग्ला भन्न सकिन्न |यसकालागी सम्बन्धित निकायले समयमै विचार पुर्याएर देशमा काम गर्ने सहज वातावरण बनाउन आवश्यक छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने