

जुम्ला- कर्णालीको पर्यटन प्रवर्द्धन तथा खेल क्षेत्रको विकासका लागि चैत २६ देखि जुम्लामा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ।
जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारा तालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। जुम्लादेखि मुगुको रारा ताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको शाहीले बताए।
विसं २०७५ बाट यो म्याराथनको आयोजना सुरू भएको हो । विसं २०७६ मा दोस्रो संस्करणको म्याराथन भएको थियो भने कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन। एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताए।
म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ शाहले बताएका छन् । नेपालका रुकुम, सोलुखुम्बु, भोजपुर, विराटनगर,कालिकोट,सुर्खेत लगायतका जिल्लादेखि विदेशीहरुले समेत म्याराथनमा भाग लिएका छन् ।

