२०८३ बैशाख ८, मङ्लबार
 

५५ लाख नगदसहित दुई जना पक्राउ

prabhu bank home loan

काठमाडौँ — महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेको छ । आइतबार बिहान पौने १० बजे औरही नगरपालिका १ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । बर्दिबास जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो । त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धिरजकुमार यादव र १८ वर्षीय रामशरण यादवलाई पक्राउ गरेको पंगेनीले बताए ।

 

धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद बरामद भएको उनले बताए । बरामद भएको रकममा एक हजार दरका ४५ थान र पाँच सयका दुई हजार थान नगद छन् । स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने