२०८३ जेष्ठ २३, शनिबार
 

मर्यादित रुपले होली मनाउन धादिङ प्रहरीको आग्रह

prabhu bank home loan

 

धादिङ : होली (फागु) पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेका कारण होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । कार्यालयले सूचना जारी गरी होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न अनुरोध गरेको छ ।

कोरोना भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गरी सार्वजनिक स्थानहरुमा सभा सम्मेलन भोज भतेर एवं धेरै संख्यामा भेला भई होली पर्व नमनाउन भनिएको छ । अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरिएको छ ।

यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । यस्तै यो पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्ने चिकित्सकहरुको भनाई छ । अझ फोहोर पानीले लोला हानियो भने त झन अन्य थुप्रै समस्या निम्तिन सक्छ, त्यसैले होली पर्व मनाउदा बिशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

बाहिर हिड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ । होली मनाउने नाममा जबरजस्ती रङ दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, होहल्ला गर्ने र अपराध सृजना गर्ने जो कोहीलाई कानुन अनुसार कार्बाही गर्ने प्रहरीले जनाएको छ । गतवर्षका होलीमा हो–हल्ला गर्ने मादक पदार्थ सेवन गरेर झगडा हुने गरेका थिए । यसवर्ष त्यस्ता कार्य हुन नदिन सुरुमै सचेतना गरिएको प्रहरीले जनाएको छ ।

आत्मियता र सद्भाव फैलाउने गरि पर्वहरुलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उच्छङ्खल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई एक सयमा फोन गरेर सघाउन समेत अपिल गरेको छ । यसबर्षको होली पर्व चैत ३ गते पहाडी क्षेत्र र चैत ४ गते तराईमा मनाईदै छ ।

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध:

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने