२०८३ जेष्ठ २३, शनिबार
 

सिद्दलेकको कालिदह र सिद्दलेक कुम्पुर जोड्ने मोटरेबल पक्की पुल निर्माणको काम सुरु

थोपलखोलामाथी बन्न लागेको पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन्

prabhu bank home loan

धादिङ चंखेली खबर, संवाददाता

सिद्दलेक गाउँपालिका–१ कालिदह र सिद्दलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुल निर्माणको काम सुरु भएको छ ।

थोपलखोलामाथी बन्न लागेको पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको केही महिनाभित्रै पुल निर्माण सम्पन्न हुने बताए ।

विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न स्थानीयसँग आग्रह गरे । ‘एक दिन होइन, एक घण्टा मात्रै छिटो हुनु पनि तपाइहरुकै लागि लाभ हो’ उनले भने ।

पुलको मात्रै स्टमेट भएकोले वारी र पारीको बाटोको पनि तत्काल स्टमेट बनाएर काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका छन् । ‘स्टमेट अपाङ्ग रहेछ, यो कुराले पुल बनिसकेपछि अर्काे समस्या सिर्जना गराउछ, त्यसकारण तुरुन्तै स्टमेट गराएर हामीलाई दिनुहोला’ मुख्यमन्त्री पाण्डेले भने,–‘बाटो विनाको पुलमा लगानी खेर नजाओस् ।’

मामिला तथा योजना मन्त्री जम्कट्टेले पनि कालिदहमा पुल निर्माण गर्ने आफ्नो वर्षाैअघिदेखिको बचन पुरा भएको भन्दै खुसी व्यक्त गरे । थोपलखोलामाथी बनेको पुलले गाउँगाउँको विकासले फड्को मार्ने उनले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयले पुल निर्माण गर्न लागेको हो । निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको छ । ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौलामा उल्लेख छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने