२०८३ जेष्ठ २२, शुक्रबार
 

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा प्रवेश

prabhu bank home loan

काठमाण्डौं,

नेकपा माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बनेका दिलिपकुमार अग्रवाल (बगडिया) र उपमेयर केशवकुमारी खराल पार्टी छाडेर नेकपा एमालेमा भित्रिएका छन् ।

बुधबार रंगेलीमा आयोजना गरिएको तराई मधेश वृहत आमसभाबाट दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर दलेर पार्टीमा भित्र्याएका हुन् । आमसभा कार्यक्रम अहिले जारी छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयर र उपमेयरमा निर्वाचित भएका बगडिया र खराल भएका थिए । माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा चोइटिएपछि बगडिया र खराल दुवै एमालेतिर लागेका थिए ।

मेयर र उपमेरयसँगै नगरपालिकाका वडामा माओवादी केन्द्रबाट निर्वाचित भएका केही वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।

एमालेमा प्रवेश गरेका मेयर र उपमेयरलाई माओवादी केन्द्रबाट कारबाही गरिएको छ । प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार प्रेस विज्ञप्तिमार्फत पार्टी हित विपरित काम गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने