२०८३ मंसिर १२, शुक्रबार
 

चंखेली ‘छड्के’

कार्यालयबाट कार्यालय ।

prabhu bank home loan

                                                             

 

चंखेली सम्वाददाता
काठमाण्डौं ।

 

उखान नै छ नि ! सरकारी काम कहिले जाला घाम । नेपाली समाजमा धेरै पहिला देखि नै चली आएको योे उखान साँच्चिकै तरीतार्थ भएको छ वा गलत उखानको हामी शिकार भएका छौ, यो विषयमा अध्ययन गर्ने उद्देश्यका साथ कार्यालयबाट कार्यालयको छड्के गरी राष्ट्र सेवक कर्मचारीहरु समयमा नै कार्यालयमा आउछन् आउदैनन् र कार्यालय समय सम्म कार्यालयमा नै बस्छन् बस्दैनन् सो को छड्के गरी भएका घटनाहरुलाई जस्ताको त्यस्तै पाठक समक्ष प्रस्तुत गरीने उद्देश्यले चंखेली ‘छड्के’, कार्यालयबाट कार्यालय नामाकरण गरी राष्ट्र सेवकलाई जिम्मेवार र जवाफदेहि बनाउन हाम्रो यो प्रयास रहेको छ ।

 

चंखेली छड्केको पहिला छड्के वित्तिय संस्थाहरुको अख्तियार मानिएको नेपाल राट्र बैंकबाट सुरुवात गरेका छौं । हेरौ छड्केमा के के भयो ।

 

कार्तिक १६ गते विहान १० बजेर ९ मिनेट जाँदा हामीले नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयको फोन नं. ०१४४१०३८६ मा फोन गरेका थियौं । पुरा घण्टी बजे पनि फोन उठेन ।

१० बजेर ११ मिनेट जाँदा फेरी फोन गरेका थियौं । यो बेला फोन उठ्यो । गभर्नर कार्यालयमा आए नआएको कुरा सोध्यौं । गभर्नर कार्यालयमा भए नभएको जानकारी माग्यौं । गभर्नर भए नभएको आफूलाई केहि पनि थाहा नभएको जानकारी फोन उठाउने गार्डले गराए ।

सोही दिनको बेलुका ३ बजेर २७ मिनेट जाँदा हामीले गभर्नर कार्यालयमा पुनः फोन गरे थियौं । गभर्नर कार्यालयमा भएको जानकारी फोन उठाउने कर्मचारीले दिए । गभर्नर कार्यालयमा नै भए नभएको हामीले कसरी विश्वास गर्ने ? गभर्नरसँग हाम्रो कुरा गराउन अनुरोध ग¥यौं । गभर्नर मिटीङ्गमा भएकोले कुरा गराउन नसक्ने उनले जाकारी गराए । “मैले भनेको कुरालाई नै तपाइँले विश्वास गरे गर्नुस् नगरे नगर्नुस् उहाँ कार्यालयमा नै हुनुहुन्छ ।” उनले थप आवेशमा आउदै भने । उनको कुरालाई हामीले विश्वास गरेनौ । आवेशमा आउने कर्मचारीसँग उनको नाम सोध्यौं, उनले भने “म नाम भन्दिन, गभर्नर कार्यालय सचिवालयको कर्मचारी हो ।”

 

यद्यपी हामीले संस्थागत कामको लागि विभिन्न समयमा करीव २५\३० पटक गभर्नरलाई सम्पर्क गरी सकेका छौं । एक पटक पनि हामीसँग गभर्नर कुरा गर्न मानेन् । हरेक पटक गभर्नर मिटीङ्गमा हुनुहुन्छ भन्ने जवाफ मात्र पायौं ।

सोही दीन १० बजेर १४ मिनेट जाँदा हामीले फोन ०१४४२११९८ मा डेपुटी गभर्नर निलम ढुङ्गना तिम्सीनालाई फोन गरेका थियौं । डेपुटीले सिधै उठाउने उक्त नं. मा हामीले धेरै पटक कुरा गरी सकेका थियौं । उल्लेखीत नं. मा हामीले करीव १० बजेर २० मिनेट जाँदा सम्म लगातार फोन ग¥यौ तर फोन उठेन । फोन नउठेकोले उहाँँ १० बजेर २० मिनेट जाँदासम्म पनि कार्यालयमा आउनु भएको छैन भन्ने निस्कर्षमा हामी पुग्यौं । सोही विचमा हामीले डेपुटीको एक्टेन्सन ११२ मा पनि सम्पर्क गरेका थियौं । एक्टेन्सन ११२ सचिवालयमा पनि फोन उठेन ।

 

सोही दिन ३ बजेर ३० मिनेट जाँदा हामीले उल्लेखीत नं. मा डेपुटी गर्भनरलाई पुनः फोन गरेका थियौ । यो बेला पनि फोन उठेन । उसै गरी ११२ एक्टेन्समा पनि फोन उठेन । हामीले ३.३० देखि ४.३० मिनेट जाँदासम्म करीव ९\१० पटक फोन गरेका थियौं तर फोन उठेन । यद्यपी १६ गतेदेखि कार्यालय समय ४ बजेसम्म हो ।

 

हाम्रो चंखेली खबरको मो. न.ं ब्लक गरेका नियमन विभागका कार्यकारी निर्देशक तथा प्रबक्ता देब कुमार ढकाललाई हामीले १० बजेर ११ मिनेट जाँदा फो नं. ०१४४१०१५८ मा फोन गरेका थियौं । कार्यकारी निर्देशक ढकाल कार्यालयमा नभएको र ९ बजेदेखि एन.आर.एन.को मिटीङ्गमा गएको जानकारी सचिवालयबाट पायौं । कार्यालय समय १० बजेदिेखि भए पनि ९ बजे देखि नै देशको लागि समय दीने देब कुमार ढकाललाई हामीले मनमनमा धन्यवाद दियौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने