२०८३ बैशाख ५, शनिबार
 

माओवादी(केन्द्र)को स्थायी कमिटी बैठक बस्दै,मन्त्रीहरुको नाम टुंगो लगाउने

काठमाडौ

prabhu bank home loan

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका छन्। समसामयिक राजनीति, सांगठनिक गतिविधि र सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन दिउँसो बुधबार ३ बजे पेरिस डाँडा कोटेश्वरमा बैठक बस्न ‍लागेको खुमलटार स्रोतले जनाएको हो।

सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्तमा सहमति भएको थियो। गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका छन्।  डा. खड्काले केहि समयपश्चात पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

सरकार गठन भएको करिब २ महिनापश्चात् सरकारले परराष्ट्रमन्त्री मात्र तोक्न सफल भएको छ। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। गठबन्धनका शीर्ष नेताको बैठकमा आ-आफ्ना पार्टीभित्र छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने