२०८३ बैशाख ५, शनिबार
 

भारतीय तस्करहरुद्वारा सशस्त्र प्रहरीमाथी आक्रमण

कञ्चनपुर

prabhu bank home loan

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करले आक्रमण गरेका छन् । सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका हुन् ।

दोधारा चादनी नगरपालिका–७ कञ्चनभोजमा रहेको बीओपीबाट गस्तीमा गएको टोलीले भारतबाट अवैध रुपमा भित्रिरहेको चिनी रोक्न खोज्दा तस्करले आक्रमण गरेका हुन् ।आक्रमणमा सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीले चिनी रोकपछि तस्करहरु ६/७ जनाको समूहमा आएर कुटपिट गरेका थिए ।

झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरेन्द्र ऐरले तस्करहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेको बताए । सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुलाई आवश्यक कारबाही गरिने भारतीय सुरक्षाकर्मीले प्रतिबद्धता जनाएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने