२०८३ असार ३१, बुधबार
 

साँझ ६ बजे पुनः बस्नेगरी गठबन्धन को बैठक सकियो

काठमाडौ

prabhu bank home loan

साँझ ६ बजे बस्नेगरी सत्ता गठबन्धनको बैठक सकिएको छ। शुक्रबार बिहान मन्त्रिपरिषद् विस्तार र एमसीसी पारित गर्ने/नगर्ने बारे साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो।

बैठकले खासै निर्णय गर्न नसकेपछि बेलुका ६ बजे फेरि बस्ने गरी स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

बैठकमा केही दोस्रो वरियताका नेताहरुको समेत सहभागिता रहेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

बिहीबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक विना निष्कर्ष टुंगिएको थियो । एमसीसी पारित गर्ने वा नगर्ने विषयमा वहस भइरहेका बेला पछिल्लो अवस्था बुझ्न वासिङटन डीसीबाट एमसीसी उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आएकी छन् ।

उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री देउवासँग भेट गर्दैछिन । उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँगको छलफलमा एमसीसी अमेरकाको कुनै पनि सैन्य रणनीति नभएको बताएकी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने