

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनाैती दिएका छन् ।
यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती दिएका थिए । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री देउवाले आउँदाे चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताएका छन् । त्यस अवसरमा प्रधानमन्त्री ले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने समेत बताएका छन् ।

