२०८३ बैशाख १७, बिहिबार
 

साहित्यको पाठशाला बन्दै “सारथि साहित्य परिवार”

संवाददाता

prabhu bank home loan

नेपाली साहित्य आकाशमा दिनहुँ अनौठा नव ताराहरुको रुपमा नविनतम बिधाहरु स्थापना गर्ने तीब्र होडबाजी चलिरहदा हामीलाई हामी भनेर चिनाउने नेपाली साहित्यका विविध बिधाहरु ओझेल पर्न थालेका छन्।
नेपाली माटो सुहाउँदो साहित्यिक बिधाहरु प्रचुर मात्रामा भएतापनी पछिल्ला दिनहरुमा नाम र स्वार्थको खातिर जबर्जस्ति आयातीत नियम थोपरेर साहित्यका विद्यार्थीहरुलाई अल्मल्याउने कार्यमा गुट बनाएर नै केही गिरोह सक्रिय भएको कुरा बहुसंख्यक साहित्यकारहरु नै स्विकार्न थालेका छन्।
यसरी साहित्यलाइ केही ब्याक्तित्व हरुले आफू अनुकुल बनाउनकै खातिर आफ्नैलाइ प्रतिद्वन्दी बनाइ जुहारी खेलिरहदा पनि कुनै प्रवाह नगरी सामाजिक सञ्जाल फेसवुक मा निरन्तर आफ्नो छुट्टै साहित्यिक कित्ता बनाउन सफल साहित्यिक संस्था हो “सारथि साहित्य परिवार”।

शुरुवाती चरणमा अल्झिएको साहित्य नामले परिचीत हुँदै प्रथम बार्षिकोत्सब बाट नाम मा परिमार्जन गर्दै सारथि साहित्य परिवार बनेको यो संस्था ले बिगत तीन बर्षदेखी नेपाली साहित्यमा आफुलाइ अनुजहरुको बिद्यालय सावित गर्न सफल भएको छ।
रामेछाप का युवा स्रस्टा सिताराम खड्का ले स्थापना गरेको यो संस्था ले पछिल्ला दिनहरुमा दैनिकी अभ्यास संगै मेसेन्जर च्याट मार्फत पनि साहित्यको माहोल बनाउन भरपुर प्रयत्न गरिरहेको छ। एक फेसबुक पेज, एउटा फेसबुक ग्रुप तथा आधा दर्जन भन्दा बढी मेसेन्जर ग्रुपमार्फत साहित्यमा आफ्नो उपस्थिति बलियो बनाएको यो संस्था ले ग्रुप मार्फत दैनिक भिन्न भिन्न बिधामा अभ्यास संचालन गरिरहेको र यसबाट अधिक मात्रामा साहित्यानुरागी मनहरुले लाभ लिएको बताउनुहुन्छ संस्थाका उप संयोजक दोलखा का युवा सर्जक बासु सापकोटा।

संस्थाले आफ्नो दोस्रो बार्षिकी को अवसर पारेर सारथि संयुक्त गजल संङ्ग्रह प्रकाशित गरेको छ भने वार्षिकोत्सब तथा गजल बिमोचन को अवसर पारेर स्रस्टा सम्मान समेत गर्दै आएको छ। यसका अलावा यश संस्थाले समय समयमा गर्दै आएको विभिन्न साहित्यिक प्रतियोगिता ले साहित्यमा लाग्न चाहानेहरुमा थप सिढी को काम गरेको आभास हुन्छ।

संस्थाको प्रशासनिक पदमा क्रमशः सिताराम खड्का(रामेछाप),बासु सापकोटा(दोलखा),रमेश न्यौपाने राधाकृष्ण(दोलखा),रुकेश चौलागाईं(दोलखा),कवि काफ्ले(दोलखा),हिमाल सापकोटा(बाग्लुङ),कैलाश बस्नेत(सोलुखुम्बु), तारा घिमिरे(संखुवासभा),शोभा खनाल , कोइराला(नवलपुर), निमा पौडेल तिवारी(नवलपुर), शर्मिला सापकोटा(नवलपुर), शोभा खनाल कोइराला(पाल्पा) ,कोपिला शर्मा(धनगढी) तथा कल्पना भुसाल(स्याङ्जा) रहनुभएको छ।

नेपाल को विभिन्न भुभाग र क्षेत्रहरु को प्रतिनिधित्व रहनेगरी छनोट गरिएको संचालक समिती निकै फ़ुर्तिलो चुस्त र दुरुस्त देखिएको छ।
यी र यस्तै खालका साहित्यिक पाठशाला मा रहेका गुरूहरु तथा संचालक समितिका स्रस्टाहरु अब्बल होलान नहोलान् आफ्नो ठाउमा छ यद्यपि नेपाली साहित्य को बाटो फराकिलो पार्न तथा नव अनुजहरुमा साहित्यको सुन्दर बिरुवा बिजारोपण गर्नको निम्ति र साहित्यको धरोहर जोगाइराख्न को निम्ति यो कार्य कोसेढुंगा सावित भएको मा दुइमत छैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 + thirteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने