२०८३ बैशाख १७, बिहिबार
 

खेल मै रमाउदै बालबालिका, अभिभावक लाई शिक्षाको चिन्ता

रमेश न्यौपाने राधाकृष्ण

prabhu bank home loan

कोरोना महामारीको प्रत्यक्ष असर बिद्यालयमा पर्दा बिगत लामो समयदेखि लाखौँ बालबालिकाहरु शिक्षाको उज्यालो बाट बन्चित हुनुपरेको छ। कोरोना को पहिलो लहर संगै पठनपाठन बन्द गरिएका बिद्यालयहरु मध्ये दोस्रो लहर शुरु हुनुपहिले कताकति केही समय संचालनमा आए पनि पुनः बन्द गरिएको पनि लामो समय भैसकेको छ। सरकारले बैकल्पिक पठनपाठन भन्दै भर्चुअल कक्षा संचालन को नीति लिएपनी देशका अधिकांश भुभाग मा ईन्टरनेट को पहुँच नपुग्नाले कार्यान्वयन भएको छैन। ईन्टरनेट को पहुँच भएका क्षेत्रहरुमा पनि भर्चुअल कक्षा संचालन आफुखुसी मासिक शुल्क उठाउने माध्यम जस्तो मात्रै देखिएको छ। भबिस्य का कर्णधार भनिने ससाना बालबालिका को भबिस्य प्रती सरकार दिनप्रतिदिन गैरजिम्मेवार बन्दै सत्ता कै लुछाचुँडिमा लागेको छ।

यता लामो समय सम्म बिद्यालय नखुल्दा बालबालिका मा प्रत्यक्ष मनोबैज्ञानिक असर परेको छ। बालबालिका को दैनिकी नै मनोरञ्जन मा बित्नाले अभिभावकहरुलाइ उचित शिक्षा दिन नसकिने हो कि भन्ने चिन्ता ले दिनरात पिरोल्न थालेको छ। पढाइ ठप्प हुनाले बालबालिका को दिनचर्या अन्यत्रै मोडिदै गएको बिश्लेशक हरुको ठम्याइ छ। प्रायः पहाडी भेगका बालबालिका हरु घाँस दाउरा तथा बाख्रा बस्तु चराउन बाध्य भएका छन् भने शहरी क्षेत्रका बालबालिका हरु मोबाइल र ईन्टरनेट को गलत प्रयोग तर्फ उन्मुख बनिरहेका छन्। तराइ भेगमा साधारणतया ईन्टरनेट को सुबिधा पुगे पनि प्रत्यक्ष भौतिक रुपमा पठनपाठन जस्तो प्रभावकारी भर्चुअल कक्षा नहुने कुरा स्वीकार गर्नुहुन्छ नवलपुर को एक निजि बिद्यालय मा अध्यापन गराइरहनुभएकी शिक्षिका निमा पौडेल तिवारी। उहाँ भन्नुहुन्छ “बिद्यार्थीहरु लाई त प्रभावकारी हुँदैन नै हामी शिक्षकहरु लाई पनि थप भार परेको छ, कोरोना को यो महामारी मा पनि आफू र आफ्नो परिवार को सुरक्षा थाती राखेर सकेसम्म विद्यार्थीसँग जोडिनकै निम्ति home visit गरिरहेका छौँ।”

यसरी दिन प्रतिदिन बालबालिकाहरुमा असर बढिरहदा पनि बिद्यालय खुलाउनेतर्फ सरकारले कुनैपनी पहल गरेको छैन। यसैगरी सरकारले बेवास्ता गर्दै जानेँ र केवल आफू र सत्ता मा देशको नेतृत्व भुलिरहने हो भने आगामी दिनमा देशको साक्षरता प्रतिशत घट्ने मा सहजै अनुमान लगाउन सकिन्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने