

दुई सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभा अवरोध गरेको छ । शाही र वली लाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् ।
सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी भएको छ। सांसद विमला वली र अजय शाही
लाई एमालेले आफ्ना सांसद भन्दै आएको छ भने विमला वलीले आफू माओवादीको सदस्य रहेको बताउनुभएको छ भने अजय शाहीले आफू स्वतन्त्र सदस्य रहेको बताउनुभएको छ ।

