२०८३ बैशाख ८, मङ्लबार
 

दुग्धजन्य पदार्थ ढुवानीमा जोरबिजोर प्रणाली लागू नगर्न डेरी एशोसिएसनको माग

prabhu bank home loan

काठमाडौं,

दुध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणालीमा नराखी विना रोकतोक संचालन गर्ने व्यवस्था मिलाउन नेपाल डेरी एशोसिएसनले सरकारसँग माग गरेको छ । पहिला भएका निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवतजावत गर्न दिइरहेकोमा यहि असार ८ गतेबाट सवारी साधनमा जोरबिजोर प्रणालीले अति आवश्यक बस्तुको ढुवानीमा अवरोध श्रृजना भएकोले यस्तो माग गरिएको महासचिव प्रल्हाद दाहशालले बताउनुभयो ।

दुध तथा दुग्धजन्य पदार्थ ढुवानीका गाडीमा पनि रोकतोक भई समस्या आएकोले सो कुरामा सहजीकरण गरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिएको उहाँको भनाइ छ । ‘हरेक दिन सञ्चालन गर्नै पर्ने र उद्योगमा धेरैवटा गाडी पनि नहुने बाध्यता भएकोले दूध जस्तो अति संबेदनसिल कुरा चाँडै विग्रने हुन्छ । जुन बालकदेखि वृद्धासम्म, जन्मेदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा अवरोध नगर्न हामीले सबै सरोकारवालालाई आग्रह गर्दछौं’ उहाँले भन्नुभयो, ‘यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको व्यहोरा अवगत गराउँदछौ ।’

नेपाल डेरी एशोसिएसनले ढुवानी सहजीकरणका लागि राष्टिय दुग्ध विकास बोर्डलाई लिखित रुपमै आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै एशोसिएसनले सवै सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी जस्तोसुकै माहामारी, भुकम्प, बन्द, हड्ताल अहिले र पोहोर सालको लकडाउनमा समेत सहज रुपमा बिना रोकतोक आवतजावत गर्न दिइएको, सम्माननीय प्रधानमन्त्रीज्युले समेत यसको महत्व र संबेदनसिलता बुझी जस्तो सुकै समयमा पनि आवतजावतमा समस्या नहोस् भनी एम्बुलेन्स सरह मान्यता हुने गरि लोगो समेत अनावरण गर्नु भएकोलेमा यसपटक यो जोरबिजोर प्रणाली लागू हुँदा रोक्ने काम भएकोले अत्यावश्यक वस्तुको ओसारपसारमा एम्बुलेन्स सरह कुनै रोकतोक नगर्न नेपाल सरकार अन्तर्गतका सबै निकाय समक्ष जोडदार आग्रह गर्दै दूध तथा दुधजन्य पदार्थ ओसार पसार गर्ने सबै सवारी साधनहरुले पनि सरकारले जारी गरेको आदेश अनुरुप सबै खाले सुरक्षाका उपाय अपनाई जति सक्दो छिटो आ–आफ्नो काम सकि गन्तव्य तर्फ प्रस्थान गर्ने कार्य गरि सहयोग समेत गरिरहेकाले यो समस्या हल गरिदिनुहुन अनुरोध गरिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven + seventeen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने