२०८३ बैशाख १६, बुधबार
 

एक वर्षमा घ्यू तेलको मूल्य २८ दशमलव २ प्रतिशतले बढ्यो

तलब तथा ज्यालादर १.८९ प्रतिशत मात्रै बढ्यो

prabhu bank home loan

काठमाडौं,

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्यवृद्धि २८.२० प्रतिशत रहेको जानकारी दिएको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यु तथा तेलको मात्र नभई अन्य वस्तुहरुको पनि मूल्यवृद्धि उच्च रहेको छ ।

यस अवधिमा मासु तथा माछाको मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गैरमदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको छ । समग्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ५.८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ । पछिल्लो एक वर्षमा तलब तथा ज्यालादर १.८९ प्रतिशतले मात्रै बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने