२०८३ बैशाख ४, शुक्रबार
 

पत्रकार महासंघद्रारा १४२ अक्सिजन सिलिण्डर हस्तान्तरण

prabhu bank home loan

चौतारा,

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले एक सय ४२ सिलिण्डर अक्सिजन भरेर हस्तान्तरण गरेको छ । एक सय ४२ थान सिलिण्डर सुनसरी पुगेर अक्सिजन भरेर सिन्धुपाल्चोक ल्याएपछि २ वटा अस्पताल र संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

चौतारा अस्पताललाई २५ थान, खाडिचौरस्थित सिन्धु सदावहार अस्पताललाई २५ थान र जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बाँकी ९२ थान हस्तान्तरण गरिएको शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो । महासंघ नागरिक समाजको अगुवा संस्था भएकाले नागरिकको हितका लागि काम गरेको उहाँको भनाइ छ ।

चौतारा अस्पतालमा रहेका र सिल्क कम्पनीले हस्तान्तरण गरेको सिलिण्डरमा पत्रकार महासंघको खर्चमा अक्सिजन भरेर सुनसरीबाट सिन्धुपाल्चोक ल्याइएको हो । महासंघले खडा गरेको कोभिड १९ पत्रकार राहत कोषबाट रकम खर्चिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कुल संकलित रकमको ४० प्रतिशत सर्वसाधारणका लागि रकम प्रयोग गरिने कार्यविधि अनुसार सिलिण्डरमा अक्सिजन भरेर ल्याएर हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

महासंघले उक्त कोषबाट कोरोना संक्रमित भएका शाखामा सदस्य जिल्लाका संक्रमित ६ पत्रकार मध्ये ३ पत्रकारलाई कार्यविधि अनुसार आर्थिक सहयोग गरि सकेको र बाँकीलाई केही दिनमा उपलबध गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले कोभिड १९ बाट जिल्लावासीलाई जोगाउन र विशेष गरि सिन्धुपाल्चोकमा कोरोना संक्रमण फैलन नदिन संस्था तथा व्यक्तिहरुको सहयोग बढ्दै गएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति, विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, अस्पताललगायत स्वास्थ्य केन्द्रमा अहिले व्यक्ति तथा संस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने क्रम वढेको छ ।

साताअघि नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । त्यस्तै व्यापारीहरुको संस्था सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत जिल्लाा रहेका अस्पताल र सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरि कोरोना रोकथाममा ऐक्यवद्धता जनाएको छ ।

नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबीच जिल्लाभरका चार अस्पतालमा बेडसहित अक्सिजन उपलब्ध गराउनु भएको थियो । सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट पनि स्थापना हुँदैछ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रकम विनियोजित भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने