२०८३ असार ६, शनिबार
 

एक सय ९३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्वार

prabhu bank home loan

काठमाडौं,

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ९३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्वार गरिएको छ । कोरोनाको दोस्रो लहरसँगै देशभर गरिएको आँशिक तथा पूर्ण निषेधाज्ञाको अवधिमा मात्रै ५ जनाको उद्दार भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

आर्थिक बर्ष २०७५/७६ बाट सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत पहिलो वर्ष २६ जनाको उद्दार गरिएको थियो । दोस्रो वर्ष आर्थिक बर्ष २०७६/७७ मा त्यो संख्या बढेर ८७ जना पुगेको थियो । चालु आर्थिक वर्ष २०७७/०७८ मा श्राबणदेखि हालसम्म ८० जनाको उद्दार भइसकेको मन्त्रालयले जनाएको छ ।

दुर्गममा त मौका र भाग्यले मात्र ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीले बाच्न पाउँछन् भन्ने भनाइलाई बिस्तारै परिमार्जन गर्न सरकार सफल भएको गर्भवती तथा सुत्केरीका परिवारहरु बताउँछन् । पछिल्लो पटक धादिङको रुबिभ्यालि गाउँपालिका वडा न ३ सेतुग निवासि ३१ वर्षिया रो माया तामाङ दुई दिन देखि जटिल प्रसुति समस्या भई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलि मार्फत उद्दार गरि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली ल्याइएको मन्त्रालयले जनाएको छ ।

देशका दुर्गम १९ जिल्लामा पूर्णरुपमा र अरु २९ जिल्लामा आँशिक रुपमा लागु भएको कार्यक्रम अन्तर्गत निशुल्क हवाइ उद्दार गर्ने गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने