२०८३ बैशाख ५, शनिबार
 

बाढी पहिरोले क्षतिग्रस्त ६ जिल्लाका निजी घर पुनर्निर्माणका लागि ४ करोड २५ लाखभन्दा बढी निकासा

prabhu bank home loan

काठमाडौं,

सरकारले २०७७ सालको बाढी पहिरोले क्षतिग्रस्त ६ जिल्लाका निजी घरहरुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४ करोड २५ लाखभन्दा बढी रकम निकासा गरेको छ । ६ जिल्लामध्ये सवैभन्दा बढी स्याङ्जामा एक करोड १७ लाख ६७ हजार ५ सय र म्याग्दीमा एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यसपछि बाजुरामा ९१ लाख २७ हजार ५ सय, भोजपुरमा ५७ लाख १८ हजार ७ सय ५०, पर्वतमा ३६ लाख ४५ हजार र धनकुटामा १३ लाख ९८ हजार ७ सय ५० रुपैंयाँ पठाइएको प्राधिकरणका प्रवक्ता तथा उपसचिव लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिले लाभग्राहीको अन्तिम नामावली पठाएको र रकम माग गरेका जिल्लाहरुमा संघीय सरकारको दायित्वमा पर्ने रकम पठाइएको उहाँको भनाइ छ । २०७७ जेष्ठ ३० गतेदेखि पछिका मनसुनजन्य (बाढी पहिरो) विपदका घटनाहरुबाट प्रभावितलाई समेट्ने गरी मनसुनजन्य विपदबाट प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्थापना कार्यविधि २०७७ लागु गरेको प्राधिकरणले बाँकी जिल्लाको लागि रकम निकासा प्रक्रिया जारी रहेको जनाएको छ ।

‘अनुदान प्रयोजनका लागि हुने कुल लागतमध्ये स्थानीय तहमा महानगरपालिका/उपमहानगरपालिकाले २० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र गाउँपालिकाले १० प्रतिशत व्यहोर्ने तथा ३० प्रतिशत प्रदेश सरकारले र बाँकी संघीय सरकारले व्यहोर्ने गरी लागत सहभागिताका आधारमा तीनै तहका सरकारबाट प्रबन्ध गरिनेछ’ कार्यविधिको दफा ५ मा उल्लेख छ ।

निजी आवास मर्मत वा प्रवलीकरणका लागि पचास हजार रुपैयाँ र निजी आवास पुननिर्माणका लागि हिमाली जिल्लामा पाँच लाख रुपैयाँ, पहाडी जिल्लामा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराइने कार्यकारी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने