२०८३ बैशाख ५, शनिबार
 

कोरोना संक्रमण अहिलेसम्मकै उच्च, २४ घण्टामा ५ हजार ७ सय ६३ मा संक्रमण

prabhu bank home loan

काठमाडौं,

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९ सय ६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षणमा ५ हजार ७ सय ६ जना र ५ सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

एकैदिनमा कोरोना संक्रमण पुष्टि भएको तथ्याँक अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रबार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा एक हजार २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ।

योसँगै संक्रिय सङ्क्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ । नेपालमा थप १९ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र ७ जनाको मृत्यु भएको र १९ जनाको मृत्युको प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५ सय ५१, रुपन्देहीमा ४ सय २२, दाङमा २ सय ५१, कास्कीमा २ सय १२, चितवनमा एक सय ७७, पर्सामा एक सय ६३, कैलालीमा एक सय २५ तथा काभ्रेमा एक सय ५ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने