२०८३ जेष्ठ १२, मङ्लबार
 

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

prabhu bank home loan

काठमाडौं,

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, कास्की, बाँके, सुर्खेत, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, सल्यान र सुनसरी जिल्लाभर निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार छ ।

त्यस्तै बागलुङ, कालीकोट र बर्दियामा आंशिक रुपमा निषेधाज्ञाको आदेश जारी गरिएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ । सुर्खेतमा वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ ।

काठमाडौ, भक्तपुर र ललितपुरमा बिहीबार विहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ । पाल्पा र चितवनमा बिहीबार राति १२ बजेदेखि र सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा जाँदैछ । अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा भने बिहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।

कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाट निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जनाएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका ५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार, ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने