२०८३ बैशाख १८, शुक्रबार
 

बिहे (कविता)

prabhu bank home loan

अज्ञात दधि

सक्दिन उभिन त्यसरी
जसरी आजसम्म लाखौं मानिसहरु
उभिए बसे चुपचाप
अदालत वरपर समाजको
अहँ सक्दिन म दबाएर पीडा
हाँस्न कृत्रिम हाँसो अरुका लागि
न त औपचारिकतामा बाधिनँ सक्छु
विनम्रताको कतै
अहँ सक्दिन म उभिन त्यहीँ पङत्तिमा जहाँ
उहीँ ढर्रा, उहीँ स्वाङ रचिन्छ बारम्बार र
राख्नुपर्छ आफैलाई साघुरो बन्धनमा
पुरानो सभ्यताको
अहँ सक्दिन म उभिन त्यसरी
जसरी आजसम्म लाखौं मानिसहरु उभिए
चुपचाप र बसे विवश शान्त शालिन मुद्रामा
हाँस्दै फिस्स जबर्जस्तीको हाँसो ।

अहँ पर्दैन पखाल्न मेरा पापहरु
तिम्रा चोखा पानीका थोपाहरुले
हुन्नन् मेरा खुट्टाहरु पनि पवित्र
तिम्रा खडकुलाका आहालहरुमा डुबाएरपनि
मर्दैनन् मेरा पापहरु छर्कदैमा
तिल ,जौ र कुशका अभिषेकहरुले।

अहँ सक्दिन म मेरा खुट्टाहरु घन्टौसम्म
कसैको नियन्त्रणमा बुझाउन
न त सक्छु मेरा कठोर हात खुट्टाहरु एकैछिन
तिम्रा कोमल हातका स्पर्शहरुमा समर्पण गर्न नै ।
अहँ सक्दिन म उभिन त्यसरी
जसरी आजसम्म लाखौं मानिसहरु
उभिए बसे चुपचाप चुपचाप शान्त शालिन
अहँ सक्दिन म उभिन त्यसरी ।

मिलाएर कपालको बिन्यास
सजाएर जीउभरी कपडा
टल्काएर बजारको महँगो जुत्ता
अहँ सक्दिन म गलामा झुन्ड्याउन सुनको सिक्री र
बन्न सक्दिनँ म सामन्त समाजको साक्षी
मुख्याच्या अर्को ।

मलाई सहनै गाह्रो पर्छ कसैको अभाव खोसेर
निधारमा टास्न रातो टीका
म सक्दिनँ कसैको निन्द्रा ब्युझने गरी
बजाउन सस्कृतिको बाजा
नचाउदिन गाउँ नै बेसुरमा आधा रातसम्म
अनिदा आँखाहरुका खोस्न सक्दिनँ प्रीय निन्द्रा
मलाई त म जागेर अरुहरु निदाएको खुब मनपर्छ
सक्दिनँ म म ब्युझिएर मसङै अरुहरुलाई ब्युझ्याउन
आधा रातहरुसम्म त्यसरी
जसरी आजसम्म लाखौं मानिसहरु
उभिए र बसे चुपचाप बनेर रमिते कसैको ।

कसैको नजरमा बारम्बार पर्दै हट्दै छेलिदै
नियालिदै अहँ सक्दिन म पर्न निशानामा एकछिन कसैको ।
ए१मानिसहरु हो १यो समाज हेर्ने देख्ने सुन्ने र
बोल्नेहरुको मात्र रहेछ
बुझ्ने र सोच्नेहरुको भिड भए पो लिएर
आउनु जन्तिहरुको हुल
अहँ मेरा लागि पक्ष बनाएर एकैछिन
ल्याउन सक्दिन म यी मानिसहरुको भिड
अहँ गर्न सक्दिन म आफैलाई मारेर
दुनियाँलाई देखाउने बिहे
अहँ गर्न सक्दिन म आफू रोएर सारालाई हसाउने बिहे ।

ओ समाज सक्छस् भने मैले मेरो बन्ने जीवन साथीलाई
माटोको सिन्दुर लगाइदिएकै बेला
शुभकामना दिन
लिएर आइज दुई थुङा फुल स्नेहको
बाडेर जा खुसी जीवनभर आनन्द्रको
छाडेर जा आशिर्वाद सम्पन्नताको
र भनिदे सबैलाई बिहे
आफ्ना लागि गर्ने हो
अरुका लागि होइन भनेर ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने