२०८३ बैशाख १८, शुक्रबार
 

नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी २० क्रिकेटको फाइनलमा

prabhu bank home loan

काठमाडौं,

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० शृंखलामा नेपाल एक खेल अगाडि नै फाइनलमा प्रवेश गरेको छ । नेपालले फाइनलमा अब नेदरल्यान्ड्ससँग नै प्रतिस्पर्धा गर्नेछ । बुधबारको खेलमा नेदरल्यान्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल एक खेल अगावै फाइनल पुगेको हो ।

नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग बिहीबार खेल्दैछ । ३ खेलबाट मलेसियाको एक अंक मात्रै रहेको छ । ४ खेलबाट नेदरल्यान्ड्सको ५ अंक रहेको छ भने नेपालले ३ खेलबाट ४ अंक बनाएको छ । बिहीबारको खेलमा पराजित भए पनि नेपाल मलेसियाभन्दा अगाडि नै रहन्छ ।

वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाउँदै एक सय ७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ११ औं ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल १३ ओभरमा झारिएको थियो ।

वर्षाले फेरि खेल प्रभावित भएपछि डीएल मेथडमार्फत मलेसियालाई १३ ओभरमा एक सय २० रनको लक्ष्य दिइएको थियो । छैटौं ओभरको समाप्तिपछि मलेसियाको लक्ष्य पुनः संशोधन गरिएको थियो । अब मलेसियाले जितका लागि १० ओभरमा ९२ रन बनाउनुपर्ने थियो । तर मलेसियाले १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने