

चौतारा,
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमानसिङ तामाङले निर्माणधिन हजार सिँढीको अनुगमन गर्नुभएको छ । टुँडिखेल नजिकैको नेपाल टेलिकम गेटदेखि भूकम्प स्मृति पार्कहुँदै बुद्ध पार्कसम्म निर्माणाधिन हजार सिँढीको नगरका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो ।
नगरपालिकाले यस योजनालाई गौरवको योजनाको रुपमा अगाडि बढाइरहेको नगरप्रमुख तामाङले बताउनुभयो ।
तस्वीर सौजन्यः रोहित शर्मा




