२०८३ जेष्ठ १२, मङ्लबार
 

नास्टको ४४ औँ प्राज्ञ सभा सम्पन्न, १२ विधामा पुरस्कार घोषणा

prabhu bank home loan

काठमाडौं,

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४४ औँ प्राज्ञ सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४० करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । सरकारको ३९ करोड ८ लाख, वैदेशिक तथा अन्य सहयोगबाट २१ लाख ९५ हजार तथा आन्तरिक स्रोतबाट ७० लाख गरी कुल ३९ करोड ९९ लाख ९५ हजार रुपैयाँको प्रस्तावित कार्यक्रम र बजेटलाई प्राज्ञ सभाले स्वीकृति दिएको नास्टका उपलकुलपति सुनीलबाबु श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गर्नुभएको छ । सोमबार सम्पन्न नास्टको ४४ औँ प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडी परेकोे उदाहरणसमेत प्रधानमन्त्रीले दिनुभयो । यसका साथै उहाँले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नविर्सन पनि आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशिल रहेको बताउनुभयो । यस पटक नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो । निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको उहाँको भनाइ छ ।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरुको समेत निर्णय गरेको छ । यस अनुसार डा. शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जन लगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वहरुलाई पुरस्कृत गरिने छ । यसै गरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + seventeen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने