२०८३ भदौ १३, शनिबार
 

अकोराब नेपालको नयाँ नेतृत्व चयनका लागि सबै पक्षलाई समेट्ने पहल

prabhu bank home loan

काठमाडौं,

विवादका बीच सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १५ औँ साधारणसभा तथा सातौँ अधिवेशन मँगलबार काठमाडौंमा सुरु भएको छ । संघका अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाले असहज परिस्थिति भन्दै स्थगनको सूचना जारी गर्नुभएपछि केहि समय अलमल भएको थियो ।

बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा अधिवेशनस्थलमा आकस्मिक बैठक बसी साधारणसभा र अधिवेशन जारी गर्ने निर्णय भएपछि साधारणसभा सुरु भएको थियो । प्रमुख अतिथिबीना बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा सुरु भएको साधारणसभामा अध्यक्ष र महासचिव भने उपस्थित हुनु भएन ।

अधिवेशनमा सहभागी हुन देशभरिका ३ सय सामुदायिक रेडियोकर्मीहरु राजधानी काठमाडौं आइपुगेका छन् । पहिलो दिन साधारणसभा उद्घाटन भयो भने बन्द शत्र सुरु भएको छ । दोस्रो दिन आज बन्द शत्रको बाँकी प्रक्रिया सकेर नेतृत्व चयानका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।

अधिवेशनले सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्नेछ । सबै पक्षलाई समेटेर लैजाने विषयमा पहल भइरहेको उहाँको भनाइ छ । नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुनेछ ।

सामुदायक रेडियो प्रसारक संघ ९अकोराब० नेपालले सामुदायिक रेडियोको सामाजिक दायित्वलाई थप सशक्त बनाउँदै संस्थागत सुशासनका प्रवर्धनका लागि विभिन्न काम गर्दै आएको छ । नेपालका करिब ९५ प्रतिशत नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने