२०८३ बैशाख ५, शनिबार
 

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर -१.९९ प्रतिशत

prabhu bank home loan

काठमाडौं,

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । तथ्याङ्क विभागले विहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार गत आ.व.को वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो । यसको प्रभाव कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरदेखि प्रतिव्यक्ति आयसम्म देखिएको छ । यसो हुनुमा कोरोना भाइरसको महामारी मूख्य कारण मानिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलका अनुसार गत आ.व. लकडाउन शुरु हुने समयमा यसको प्रभाव लामो समय जान्छ भन्ने आंकलन गरिएको थिएन । तर, गत आ.व.को अन्तिम त्रैमास र चालु आवको पहिलो त्रैमास अर्थतन्त्रमा गतिविधिहरु करीव ठप्प भएको अवस्थामा पुगे । यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्‍यो ।

यो वर्ष सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने बताएको थियो । तथ्याङ्क विभागले वैशाख २०७७ मा गरेको अनुमानमा यस्तो वृद्धिदर २.२७ प्रतिशतमा झार्‍यो । योजना आयोगले कोभिडको प्रभाव आंकलन गर्ने समयमा शून्य प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहने अनुमान गरेको थियो । तर, अन्ततः माइनसमै पुगेको तथ्याङ्क आंकडामा देखिएको छ ।

अघिल्लो आवको अन्तिम त्रैमासमा -१५.४ प्रतिशतको वृद्धिदर रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासकको आर्थिक वृद्धि -४.६ प्रतिशत रहेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलका अनुसार यो ‘पी सेप’ सुधार भने हो ।

तर, आर्थिक वृद्धिदरमा आएको संकुचनको प्रभाव प्रतिव्यक्ति आयमा परेको छ । यो वर्ष नेपालको प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५/७६ को तुलनामा कम हो । सो आ.व.मा प्रतिव्यक्ति आय ११५९ डलर रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने