२०८३ भदौ १४, आइतवार
 

विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा

नेता कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

dlGqkl/ifb a}7s sf7df8f}F, !! kmfu'g . k|wfgdGqL s]kL zdf{ cf]nLsf cWoIftfdf k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] dlGqkl/ifb a}7s . t:jL/ ;f}hGoMk|wfgdGqL ;lrjfno, /f;;
prabhu bank home loan

काठमाडौं,

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । विप्लव समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको सरकारले जनाएको छ ।

बिहीबार बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएपछि सरकारले प्रतिबन्ध फुकुवा गरेको हो । साँझ बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो ।  केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २८ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २ हजार ९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये एक सय २६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति

बिहीबार विहानै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । सहमति अनुसार सरकारले उक्त समूहलाई लगाएको प्रतिबन्ध फकुवा गर्नेछ भने पक्राउ परेका नेताकार्यकर्ता रिहाइको प्रक्रिया सुरु गरिनेछ ।

विप्लव नेतृत्वको नकपाले हिंसा त्यागेर राजनीतिक विषयको समाधान सम्वादका माध्यमबाट अघि बढाउने पनि सहमति भएको छ । सहमतिमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र सो समूहका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने