२०८३ बैशाख १८, शुक्रबार
 

बागमतीमा एक सय २९ जनाका लागि भएको परीक्षामा ५ हजार ८ सय ८३ सहभागी

prabhu bank home loan

हेटौंडा,

बागमती प्रदेश लोकसेवा आयोगले सहायकस्तर पाँचौं तहको विभिन्न एक सय २९ पदका लागि भएको परीक्षामा ५ हजार ८ सय ८३ जना अर्थात ७० दशमलव २८ प्रतिशत सहभागी भएका छन् । शनिबार हेटौंडा र भरतपुरमा भएको परीक्षामा फारम भरेका ८ हजार ३ सय ७० मध्ये २ हजार ३ सय १४ महिला र ३ हजार ५ सय ६९ पुरुष सहभागी भएको प्रदेश लोकसेवा आयोग बागमतीका निमित्त सचिव भोला दाहालले जानकारी दिनुभयो ।

बागमती प्रदेशका विभिन्न स्थानीय तहहरुमा रिक्त रहेका प्रशासन सेवा सामान्य प्रशासन, लेखा र आन्तरिक लेखापरीक्षण सहायकस्तर पाँचौं तहको एक सय २९ पदका लागि हेटौंडाका २८ र भरतपुरका १४ गरी ४२ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अनलाइन दरखास्त प्रणालीबाट पहिलो पटक प्रदेशस्तरमा ऐतिहासिक रुपमा लिखित परीक्षा सफलतापूर्वक सम्पन्न गरेको प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने