

स्याङ्जा,
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. २ भालुपहाडमा मँगलबार बेलुकीदेखि लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएको स्थान भीर भएकाले नियन्त्रणमा कठीनाई भएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबाट डढेलो नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ । तस्वीरः विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ।

