२०८३ भदौ ८, सोमवार
 

कुखुरामा बर्ड फ्लुको संक्रमण नदेखिएको सरकारको दाबी

prabhu bank home loan

काठमाडौं,

नेपालमा कुखुराको कुनै पनि प्रजातीमा बर्ड फ्लुको संक्रमण नदेखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बिगत एक महिनादेखि भारतका विभिन्न सहरमा फैलिएको बर्ड फ्लु नेपालमा पनि पुष्टी भएको तर कुखुरामा अहिलेसम्म नदेखिएको बताइएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो । अघिल्लो वर्ष काठमाडौंमा देखिएको बर्ड फ्लुको संक्रमण पनि सोही क्षेत्रमा थियो ।

संक्रमण पुष्टि भएको क्षेत्रका झण्डै २ हजार ३ सय हाराहारी पन्छी नष्ट गरिएको र निसंक्रमण पनि गरिसकिएको छ । अन्यत्र पनि रोगको जोखिम बढेका कारण बर्ड फ्लु रोकथाम तथा नियन्त्रण सम्बद्ध सबै निकायलाई सतर्क हवस्थामा राखिएको पशु सेवा विभागले जनाएको छ ।

उपभोक्ता त्रसित हुनुनपर्ने

व्यवसायिक रुपमा कुखुरा तथा हाँसका फर्ममा बर्ड फ्लु नदेखिएका कारण तत्काल उपभोक्ता त्रसित हुनुनपर्ने पशु सेवा विभागले जनाएको छ । बर्ड फ्लु फैलिनसकेकाले आफ्नो फर्म जोगाउन व्यक्तिगत तथा जैविक सुरक्षा अपनाउन अझै समय रहेको भन्दै विभागले किसानलाई सचेत गराएको छ ।साथै स्थलमार्ग तथा उडेर आउने चराचुरुङ्खीको सम्पर्कबाट आफ्नो फार्म जोगाउन भनेको छ ।

एक प्रकारको संक्रामक भाइरस बर्ड फ्लू संक्रमणबाट चराचुरुङ्गीमा श्वासप्रश्वास गर्न कठिन हुन्छ । यो संक्रमण कहिलेकाहीँ मानिसमा पनि सर्छ । मानिसबाट मानिसमा भने यो रोग सर्दैन । उच्च ज्वरो आउनु, खोकी लाग्नु, पेट, घाँटी, छाती तथा मांसपेशीहरु दुख्नु तथा पखाला लाग्नु र श्वासप्रश्वासमा समस्या आउनु बर्ड फ्लुको मुख्य लक्षण हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 − 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने