

चरिकोट,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दोलखाको कालिञ्चोक गाउँपालिकामा किवी पकेट क्षेत्र उद्घाटन गरिएको छ । गाउँपालिका अन्तर्गत क्याङ्पोलको २ सय ३२ रोपनी क्षेत्रफलमा किवी पकेट क्षेत्र सञ्चालन हुन लागेको अध्यक्ष बीनकुमार थामीले जानकारी दिनुभयो ।
गाउँपालिकामा क्रियाशिल रहेको नामसालिङ् र टुकी सिविन समेतको सहयोगमा सञ्चालित किवि पकेट क्षेत्रमा कार्यक्रमका विशेष अतिथि किवी जोन दोलखाका कार्यालय प्रमुख याम कुमार श्रेष्ठले पकेट क्षेत्र विकास र विस्तारका लागि निरन्तर आर्थिक तथा प्राविधिक सहयोग गर्ने वताउनुभयो ।
पकेट क्षेत्र उद्घाटनका क्रममा किसानहरुलाई २ हजार ५ सय किवीको बिरुवा समेत वितरण गरिएको उहाँको भनाइ छ । किवी पकेट क्षेत्रमा २ हजार ५ सय किवीको विरुवा रोपिनेछ ।
कृषि उत्पादन कम हुने वाँझो हिमाली क्षेत्रमा किवी व्यवसाय सञ्चालन गरी आर्थिक आम्दानी हुनेमा स्थानीय थामी समुदाय लगायत अन्य समुदायहरु हर्षित भएका छन् ।
तस्वीरः थामीको फेसबुक पेजबाट ।


