२०८३ असार ६, शनिबार
 

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) अब बैशाख २३ गतेदेखि

prabhu bank home loan

काठमाडौं,

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण अब बैशाख २३ गतेदेखि २७ सम्म हुने भएको छ । कोरोना महामारीका कारण फागुनमा भर्चुअल रुपमा गर्ने भनिएको निफ अब बैशाख २३ गतेदेखि २७ सम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

आयोजकले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । आयोजक संस्थाका अनुसार ५२ देशका ४ सय बढी फिल्मले सहभागिताका लागि आवेदन दिइसकेको आयोजकले जनाएको छ ।

‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’ निफका अध्यक्ष केपी पाठकले भन्नुभयो, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं ।’

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ । ‘बेस्ट पान्डेमिक फिल्म’को विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हल भृकुटीमण्डपमा हुने निफ फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । उक्त फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन किहोते अवार्ड प्राप्त गर्नेछ । अन्तर्राष्ट्रिय विधातर्फ नै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशीको वाग्मती अर्वाड प्रदान गरिनेछ ।

साथै नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । त्यस्तै लघुफिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । यी बाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने